८ वैशाख २०८१ शनिबार
समाज

बस दुर्घटनामा परी दुई घाइते

काठमाडौं – यातायात व्यवस्था विभाग एकान्तकुना ललितपुर अगाडि भएको बस दुर्घटनामा परी दुई जना घाइते भएका छन्। गएराति सवा बाह्र बजेतिर बा.२ख ९७ नम्बरको बसको टायर फुटेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सितापाइलाकी १५ वर्षीया युनिका गिरी र काठमाडौंकी १६ वर्षीया सुजिता गिरी घाइते भएकी छन्।

उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको र अवस्था समान्य रहेको जाउलाखेल ट्राफिक प्रहरी परिसरका हवल्दार पूर्ण रायमाझीले जानकारी दिए।

प्रकाशित: ६ श्रावण २०७५ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App