coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल र जीप जुध्दा एकको मृत्यु

पाल्पा– तानसेन नगरपालिका ८ डुम्रेचोकमा मोटरसाइकल र जीप जुध्दा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। साँझ ७ बजेतिर भएको दुर्घटनामा परी तानसेन नगरपालिका १४ रिडीका २२ वर्षीय कृष्ण पुनको मृत्यु भएको हो।

पुनको लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। दुर्घटना परी रिडीकै मोटरसाइकल चालक २९ वर्षीय विनोद थापा गम्भीर घाइते भएका छन्। घाइते थापाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ च ४०८० नम्बरको जीप र तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १९ प ७०२१ नम्बरको मोटरसाइकल एक आपसमा जुधेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: ५ श्रावण २०७५ १५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App