६ वैशाख २०८१ बिहीबार
समाज

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

काठमाडौं - सरकारी वार्ता टोलीले डा.गोविन्द केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान गरेको छ। वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन्।

डा.केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै बरालले संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाैं नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको संयोजक बरालले बताए। 

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा. केसीका पक्षसँग वार्ता गर्न वार्ता टोली गठन गरेको थियो। यसबीचमा वार्ता टोलीले तीन पटक डा. केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। रासस

प्रकाशित: ५ श्रावण २०७५ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App