coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

साउदी अरबमा सडकमा अलपत्र परेका ३८ नेपाली । तस्बिर सौजन्य : बुनादेबी बिश्वकर्मा

खोटाङ– सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका खोटाङका १३ सहित ३८ नेपाली अलपत्र परेका हुन्। 

क्याट्रिङको कामका लागि सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पुगेका खोटाङ मात्तिममा धनीराम राई, इन्द्रेणीपोखरीका अशोक तामाङ, फेदीका अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ अलपत्र परेका हुन्। 

यस्तै, अलपत्र पर्नेमा सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की, सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे व्लोन, सुर्यबहादुर बम्जन, भोजपुरका सुर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दिपक गुरुङ, नारायण गिरी र रामेछापका केशब खड्का छन्। काम गरेपनि तोकिएको समयमा तलव नपाएपछि ड्यूटी जान इन्कार गरेकामा कार्यरत कम्पनीले सोमबार राती सडकमा निकालेको खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका अरुण तामाङले बताए। 

तलव नदिएपछि एक दिन ड्यूटी छुटाएकामा कम्पनीले कोठाबाट निकालेपछि प्रवासमा युवाको बिचल्नी भएको छ। कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको थियो। ऋणपान गरेर बिदेश पुगेका युवा अलपत्र पर्दा सम्पत्ती कमाउने सपना चकनाचुर भएको छ। गत असार ३१ गतेसम्ममा काम गरेको तलव दिने भनिए पनि तलव नपाएपछि उनीहरुले असार ३२ गते भने काम गर्न इन्कार गरेका थिए। क्याट्रिङको कामका लागि भन्दै काठ्माण्डौं चावहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट पठाइएका उनीहरुलाई सप्लाई कम्पनीमा पु¥याइएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताईन्। 

एजेण्टले क्याट्रिङको कामबाट मासिक १३/१४ सय रियल तलव पाउने बताए पनि सम्झौता–पत्रमा भने मासिक ८०० रियल मात्र पाउने उल्लेख छ। क्याट्रिङ, सप्लाईको नाम गर्दै अन्तिममा क्लिनिङको काममा लगाएको उनीहरुको भनाई छ। 

हालसम्म उनीहरुले जनही ९०० रियल मात्र तलव पाएको बताएका छन् । क्लिनिङको काम पनि राम्रो नभएको भन्दै कम्पनी मालिकले असार ३० गते कम्पनी मालिक दुलाल चौधरीले तीन जनालाई लछारपछार गरेको जालपाका शेषन श्रेष्ठले बताए। उनीहरु जनही कम्तीमा १ लाख २५ हजारदेखि १ लाख ५० हजारसम्म तिरेर साउदीअरब पुगेका हुन्। यद्यपी, एजेण्टले भर्पाइ भने गर्न नमानेको पीडितको गुनासो छ । 

अलपत्र परेका युवाको उद्धारको माग 

आफन्तले साउदीअरबमा अलपत्र परेका युवाको उद्धारको माग गरेका छन्। सम्झौता अनुसारको काम र दाम दिलाउने व्यवस्था मिलाउन वा नेपाल फर्काउन माग गर्दै केही समयअघि पिडितका आफन्त बैदेशिक रोजगार बिभाग समक्ष निबेदन दिन पुगेका थिए। अलपत्र युवाले सुरक्षित आप्रवासन परियोजनालाई पनि सहयोगका लागि आग्रह गरिरहेको सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताईन्। अलपत्रको सहयोगका लागि आवश्यक कागजात जुटाउने काम भइरहेको सामीले जनाएको छ। 

प्रकाशित: १ श्रावण २०७५ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App