१३ जेष्ठ २०७७ मंगलबार
समाज

दुई नाल भरुवा बन्दुक सहित दुई पक्राउ

बर्दिया- दुई नाल भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पाँच नम्बर प्रदेश प्रहरी कार्यालय  दाङ र स्थानीय प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिका २ बस्ने खुम बहादुर थापा र खड्ग बहादुर सुनारलाई सोही ठाउँवाट भरुवा बन्दुक र २ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो।

सोहि गाउँपालिकाका वडा नं. १ बस्ने डम्बर बहादुर खड्काको  घर बाट एक थान बन्दुक बरामद गरेको प्रहरी जनाएको छ।  दुई थान बन्दुक सहित थापा र सुनारलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: ३२ असार २०७५ १७:१४ सोमबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App