८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटना हुँदा एकको मृत्यु

प्युठान– प्युठान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

बाग्दुलाबाट नारिकोटका लागि छुटेको लु १ ज १७४३  नम्बरको यात्रुबाहक जीप गौमुखी गाउँपालिका वडा नम्वर ७ नारिकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

घटनामा एक जना घाइते रहेको र अन्य ६ जनाको अवस्था सामान्य छ। जीपमा ८ यात्रु सवार थिए। रोकिराखेको जीप एक्कासी ब्याक भएपछि दुर्घटना भएको बताइएको छ।

प्रकाशित: ३१ असार २०७५ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App