८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार महासंघ पाँचथरको भवन शिलान्यास

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन शिलान्यस गर्दै प्रदेश १ का आर्थिक मामिला तथा विकास मन्त्रि इन्द्र आङ्बो।

पाँचथर – नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन शिलान्यास भएको छ। एक समारोहका बीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले फिदिम–२ को माथिल्लो गाउँमा भवनको शिलन्यास गरेका हुन्।

केहि दिनभित्र भवन निर्माण थाल्ने तयारी गरेर भवनको शिलान्यास भएको हो। जिल्लाका राजनीतिक दल, जनप्रनिनिधि, सरकारी कार्यालयका प्रतिनिधि लगायतको उपस्थितीमा भवन शिलान्यास भएको हो। भवन निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ। 

चालु आर्थिक वर्षभित्रैमा भवन निर्माण गरी सक्ने शाखाले लक्ष्य राखेको छ। भवन शिलन्यासपछिको समारोहमा बोल्दै मन्त्री आङ्बोले आधुनिक, सुविधा सम्पन्न भवन निर्माण गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे। पत्रकार महासंघको सस्थागत विकासमा आफूले भुमिका निर्भाह गर्ने बताउदै मन्त्री आङ्बोले विकास निर्माणका काममा खवरदारी गर्नका लागि समेत सुझाव दिए। 

फरक प्रसंगमा बोल्दै मन्त्री आङ्बोले डा. गोविन्द केसीले अनसन बस्दैमा सरकार नझुक्ने दावी गरे। व्याक्तिको मागका भरमा संसद र सरकार झुक्ने कुरा नहुने उनको भनाई थियो। 

प्रकाशित: ३१ असार २०७५ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App