८ वैशाख २०८१ शनिबार
समाज

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

काठमाडौं– कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ। बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच गर्दागर्दै उत्तर पुस्तिका च्यातिएको विद्यार्थीले जनाएका छन्। 

सबै विद्यार्थीले पढ्न पाउनुपर्ने निर्णय कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको स्वतन्त्र विद्यार्थी समूहले डिन कार्यालयले इन्ट्रान्स दिएकालाई मात्रै कोटाअनुसार पढाउने निर्णयसहित उत्तरपुस्तिका जाँच्न सुरु गरेपछि कपी च्यातेको हो।

यसअघि विद्यार्थी संगठनहरुको आग्रहमा डिन कार्यालयले सबैले पढ्न पाउने निर्णय गरेको थियो। तर, उक्त निर्णयविरुद्ध केही विद्यार्थी संगठनले आन्दोलन गरेपछि डिन कार्यालय उत्तरपुस्तिका जाँच्ने निर्णयमा पुगेको थियो। 

स्वतन्त्र विद्यार्थी समूहले प्रश्न पत्र आउट गरिएको, आफू नजिकलाई चिट चोराएको, उत्तर पुस्तिकामा अनियमितता गरी पढ्न पाउने विद्यार्थीको अधिकार वञ्चित गरेको भन्दै सबै विद्यार्थीले पढ्न पाउनुपर्ने माग गर्दै आएको छ। 

अनेरास्ववियु ल क्याम्पसका अध्यक्ष हरि पंगेनीले उत्तर पुस्तिका च्यादिँदा के गर्ने भन्ने अन्योल बढेको बताए। 

प्रकाशित: २८ असार २०७५ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App