८ वैशाख २०८१ शनिबार
समाज

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

जुम्ला रारा अल्ट्रा म्याराथनमा दौडका लागि तयार धावक तस्वीर : डिबी बुढा / नागरिक

जुम्ला - कर्णाली प्रदेशको खेल पर्यटनका लागि भन्दै जुम्लामा जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु भएको छ । बिहान ७ बजे जुम्लाको चन्दननाथ मन्दिर देखि म्याराथुन शूरु भएको हो।

 खेलका माध्यमवाट कर्णालीको पर्यटनको संभावना चिनाउन कर्णाली खेलकुद क्लव जुम्लाले म्याराथनको आयोजना गरेको हो । म्याराथनमा १५ जिल्लाका ३६ जना खेलाडी जुम्ला पुगिसकेका छन । जुम्लाका खेलाडी गरेर झण्डै एक सय ५० बढीले भाग लिएका हुन । कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीका अनुसार ,जुम्ला देखि रारा ताल सम्मको ४९ किलोमिटरको दुरीमा म्याराथन भएको हो ।एथलेटिक्सका अन्तराष्ट्र्रिय धावक मिरा राई र एथलेटिक्स संघका अध्यक्ष राजिव शाहले म्याराथुनको उद्घाटन गरेका थिए  । राइले भन्नि,कर्णालीलाई हरेक हिसावले दुर्गम भनेर उपेक्षा गरिएको भएपनि खेल क्षेत्रका हिसावले निकै धनी देखे।

नेपाल एथलेटिक्स संघका प्रमुख राजिव शाहले कर्णालकिा खेलाडीले  देश र राष्ट्को नाम उचो राख्नको लागि महत्वपुर्ण भुमिका नभएको भन्दै आगामी दिनमा आशा बढेको बताए  सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु राम्रो नभएको शाहले बताए ।  अनुशासित र दक्ष खेलाडी उत्पादनको लागि यो म्याराथुन मेसिन सावित हुनेछ, उनले भने, देशलाई चाहिएको नै अनुशासित खेलाडी हो।

 चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पहिलो नगरसभाबाट खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताईन् । उनले भनिन् ,एक खेल एक प्रशिक्षकको अवधरणामा नगरपालिका लागिसकेको छ, खेलाडीको सम्मान र प्रोत्साहन, नगरपालिकाको पहिचान भन्ने परिचय बनाउन लागेका छौ।

 जुम्ला रारा म्याराथनमा सोलुखुम्बु,भोजपुर,सिन्धुपाल्चोक,सल्यान, झापा,लगायतका जिल्लाका धावक धाविकाले भाग लिएका छन । खलंगाको शून्य प्लाईन्टबाट शुरु भएर डाँफे लेक, न्याउरीघाट,चौथा,वुलवुले, चुचेमारा हँुदै रारा तालमा पुग्ने गरि मार्ग तय गरिएको छ ।  म्याराथनमा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैंया पुरस्कार तोकिएको छ । टपटेन सम्म आउनेलाई ४÷४ हजार रुपंैया दिईने आयोजकले जानकारी दिएको छ ।  

 

प्रकाशित: २७ असार २०७५ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App