१६ चैत्र २०८० शुक्रबार
समाज

सालकको खपटा सहित नयाँबजारबाट दुई पक्राउ

काठमाडौं- प्रहरीले सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ। नुवाकोट ककनी गाँउपालिका-२ घर भएका ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १ सय ५ ग्राम सालकको खपटा सहित सोमबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा बा‍.७९ प १७०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक घिमिरे र मोटरसाइकलमा सवार थापाले पानी बर्सादीको खोल भित्र सेतो कपडामा लुकाईछिपाई ल्याएको उक्त सालकको खपटा फेला पारी उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित: २६ असार २०७५ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App