८ वैशाख २०८१ शनिबार
समाज

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गर्दै नगरप्रमुख राजेश राय यादव । तस्विर : उपेन्द्र/नागरिक

बारा - कलैया उपमहानगरपालिकाले अग्रेजी माध्यममा पठन पाठन गराउने नगर क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेको छ।

सोमबार एक कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले वडा नम्बर १२ सितलपुरमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयलका तीन सय विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेका हुन्।
वितरण गरिएका प्रोत्साहन सामग्रीमा झोला , खाजा खाने बट्टा , टाई, अँग्रेजी कन्भरसेसनको किताब रहको विद्यालयले जनाएको छ। विद्यालयले एक देखि आठ कक्षासम्मका विद्यार्थीहरुलाई अँग्रेजी माध्यममा पढाउन शुरु गरेपछि त्यसमा अध्यनरत विद्यार्थीहरुलाई टिकाई राख्न प्रोत्साहान सामग्री वितरण गरिएको नगरप्रमुख यादवले बताए।

प्रकाशित: २५ असार २०७५ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App