coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

८० हजार घुसहित इन्जिनियर पक्राउ

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जयकुमार देवलाई ८० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ। सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने बहानामा सेवाग्राहीबाट लिएको ८० हजार रुपियाँसहित पक्राउ गरिएको अख्तियारको सुर्खेतस्थित कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

‘सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने बहानामा सेवाग्राहीबाट घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेतबाट खटिएको टोलीले जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर अन्जयकुमार देवलाई सेवाग्राहीबाट लिएको ८० हजार घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएका छौं’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: २५ असार २०७५ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App