coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिकित्सक संघ आन्दोलनमा

काठमाडौं - नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा विधेयक फिर्ताको माग राख्दै अनशनरत डा.गोविन्द केसीका मागप्रति एक्यबद्धता जनाउँदै आन्दोलन थालेको छ। संघले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको थियो । डा. केसी चिकित्सा शिक्षा अध्यादेशअनुरूप नै त्यससम्बन्धी विधेयक आउनुपर्ने माग गर्दै गत असार १३ गतेदेखि जुम्लामा अनशन बसिरहेका छन् । उनको उपचार आइसियूमा भइरहेको छ।

आन्दोलनका कार्यक्रमअनुसार देशभरका स्वास्थ्यसंस्थाका चिकित्सकले शुक्रबारदेखि नै कालोपट्टी बाँधी स्वास्थ्य सेवाप्रवाह गरिरहेका छन्। संघले आइतबार प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र आन्दोलनका विषयमा ध्यानाकर्षण गराउने, ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र सरकारबाट माग सम्बोधन नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको छ।

त्यसैगरी डा.केसीको स्वास्थ्य अवस्थाको प्रतिवेदन संकलन गर्न संघका उपाध्यक्ष ढुण्डीराज पौडेल र कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीलाई अनशनस्थल पठाउने निर्णय गरेको छ। आन्दोलनका कार्यक्रम कार्यान्वयनका लागि संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, चिकित्सक सबैलाई संघले आग्रह गरेको छ । संघले डा.केसीको जीवनरक्षाका लागि विरोध कार्यक्रममा सबैलाई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

डा.केसीलाई सरकारले गरेको धरपकड निन्दनीय भएको सोलिडारिटी फर डा.केसीले जनाएको छ। शुक्रबार पे्रस विज्ञप्ति जारी गरी यो एलाइन्सले सरकारी व्यवहारको निन्दा गरेको हो । सरकारको कदमले शान्तिपूर्ण विरोध गर्न पाउने आमनागरिकको अधिकार हनन भएको ठहर गरेको छ। त्यसैगरी एलाइन्सले माओवादी द्वन्द्वकालीन मुद्दालाई न्यायिक तथा राजनीतिक रूपमा छिटो निरूपण गर्न र विभिन्न अदालतबाट भएका फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। सरकारले चिकित्साक्षेत्र सुधार अवरुद्ध गर्न चालेको कदम र द्वन्द्वकालीन मुद्दा निरूपणमा देखाएको उदासीनताको विरोधमा एलायन्सले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रकाशित: २४ असार २०७५ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App