८ वैशाख २०८१ शनिबार
समाज

विल भुक्तानीको लागि घुस लिने इन्जिनियर अख्तियारको फन्दामा

रौतहट- जिल्ला प्राविधिक कार्यालय रौतहटका एकजना इन्जिनियरलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले प्राविधिक कार्यालयका इन्जिनियर अयजकुमार ठाकुरलाई ४५ हजार घुस रकम सहित शुक्रवार पक्राउ गरेको हो।

फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मीनियामा संचालित आधारभूत प्राथमिक विद्यालयको कम्पान्ड वाल र सोही स्थानमा निर्माणधिन कृषि सडकको अन्तिम भुक्तानीको लागि फाइनल बिल बनाउन सेवा ग्राही सित ४५ हजार घुस मागेको थियो। घुस बापतको रकम नपाउन्जेल भुक्तानी विल नबनाउने भनेपछि स्थानीय पीडितहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडामा इन्जिनियर ठाकुर र सब इन्जिनियर ज्ञानेन्द्र यादव विरुद्ध उजुरी गरेका थिए।

शुक्रवार दिउँसो जिल्ला प्राविधिक कार्यालय मै इन्जिनियर ठाकुरले स्कुलको पर्खाल र कृषि सडकको विल बनाउन फतुवा विजयपुरवाट सेवाग्रहीलाई बोलाएर घुस बापतको रकम लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका शाखा अधिकृत तिर्थराज उपाध्यायको नेतृत्वमा खटिएको टोलीले उनको कार्यकक्षमै रंगेहात नियन्त्रणमा लिन सफल भएको हो।

कम्पाउण्ड वाल वनाउने उपभोक्ता समितिसँग ३० हजार र कृषि सडक निर्माण उपभोक्ता समितिबाट १५ हजार रकम दिए मात्रै भुक्तानीको अन्तिम विल बनाउने सब इन्जिनियर यादवले पटक पटक फोन गरेर सेवाग्रहीसँग माग गरेको र बमोजिमको रकम नदिएमा विल नबनाउने कुराको अडियो समेत रेकर्ड गरेर स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उपलब्ध गराएका थिए।

दशी प्रमाण सहित पक्राउ परेका इन्जिनियर ठाकुरलाई आवश्यक कारवाहीको लागि हेटौडा लगिएको शाखा अधिकृत उपाध्ययले बताए।

सब इन्जिनियर यादव भने पक्राउ परेका छैनन्। रंगेहात पक्राउ परेका इनिजिनियर ठाकुरको बयान पछि अनुसन्धानको लागि सव इन्जिनियर यादवलाई झिकाउने अख्तियार श्रोतले जनाएको छ।  

प्रकाशित: २२ असार २०७५ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App