१५ चैत्र २०८० बिहीबार
समाज

हतियार सहित ३ जना पक्राउ

सल्यान– सल्यान प्रहरीले अवैध हतियारसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी ४ नाल भरुवा बन्दुक र १ नाल ब्यारेल, फलामका छर्राहरु, केपहरु, बारुदसहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको हो। उनीहरुको नाम खुलाइएको छैन्।

प्रहरी निरीक्षक भानु शर्मा नेतृत्वको टोलीले कुमाख गाउँपालिका ३ चिनाली बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुविरुद्ध हातहतियार खरखजना ऐन २०१९ अन्तर्गत मुद्दा चलाइने डीएसपी भरत विकले जानकारी दिए।

यसअघि पनि प्रहरीले ४ नाल घरेलु हतियार बरामद गरेको थियो। 

प्रकाशित: १८ असार २०७५ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App