१७ जेष्ठ २०७७ शनिबार
समाज

जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

चरिकोट – दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो। जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो।

जिल्लाको वैत्यश्वर गाउँपालिका–७ मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नं को आज बिहान ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ। जीप लामोसाँघु जिरी सडक अन्तर्गत खावा सडक खण्डस्थित वैत्यश्वर गाउँपालिका– ३ र ४ को बीचमा पर्ने सडकबाट तल खोल्सामा खसेको थियो।

दुर्घटनामा परी जिरी नगरपालिका– ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका– १ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन्।

घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ असार २०७५ १४:५५ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App