८ वैशाख २०८१ शनिबार
समाज

बाटोबाटै तेल चोरी भएको भन्दै पम्प सञ्चालक प्रशासनमा

प्यूठान- नेपालगञ्ज डिपोबाट जिल्लाका विभिन्न स्थानमा आउने पेट्रोलबीच बाटोबाटै हराउन थालेको छ। डिपोले पठाएको पट्रोलीयम पदार्थ बीचबाटोबाटै हराउने वा कम आउने गरेपछि जिल्लाका पेट्रोलपम्प सञ्चालकहरुले छानविनको माग गर्दै प्रशासन समक्ष पु्गेका छन्। नेपालगञ्ज डिपोले पठाएको पट्रोलमा ३ सय २८ लिटर कम भेटिएपछि पेटोलियम पदार्थ जिल्लामा ल्याउँदा बाटोबाटै हराउने गरेको खुलेको हो। गत सोमवार योगी पेट्रोलपम्प जस्पुरमा आएको तेलमा ३ सय २८ लिटर कम परेपछि यस्तो खुलासा भएको हो । पम्प सञ्चालकहरुले जिम्मामा तेल मगाउँदै आएका थिए।

लामो समयदेखी पम्पमा तेलकम आउने समस्या झेल्दै आएका पम्प सञ्चालकहरुले अन्तमा तेल बाटोबाटै हराउने गरेको बताएका छन्। मगंलवार यो घट्ना वाहिर आएसगैं जिल्लाका पम्प सञ्चालकहरुले ईलाका प्रसासन कार्यालय जस्पुरमा उजुरी दर्ता गरेका थिए । उनीहरुले सत्य तथ्य छानविनको माग समेत गरेका छन्।

‘जिल्लामा प्रयाप्त मात्रामा पेट्रोलीयम पदार्थको सहज आपुर्ती नभईरहेका बेला बाटोबाटनै चालकले तेलचोरी गर्ने गरेको खुलासा भएको छ ।’ पम्प सञ्चालक दामोदर योगीले भने,‘चालकले तेल निकालेको स्वीकार गरेको छ।’

जीवनदान आयल सप्लायर्स,झिमरुक आएल सप्लायर्स,योगी व्रदर्श, र सरिता आएल सप्लायर्सका सञ्चालकहरु आफै उपस्थित भएर ईलाका प्रसासन कार्यालयमा उजुरी दिएका थिए। प्रहरीले ना ७ ख २८१३ नव्रको ट्याक्रवाट तेल निकाल्दै गरेको अवस्थामा सोहि ट्याकंरका चालक श्यामलाल लावतलाई पक्राउ गरेको थियो । घटनाले जिल्लामा नयाँ मोड समेत लिएको छ। यता जिल्लामा भने पेट्रोलियम पदार्थको नियमित आपुर्ती नहुँदा उपभोक्ताले प्रत्यक्ष मार खेपिरहेका छन्। तर पम्प सञ्चालकहरुले भनेबीच बाटोबाट तेल चोरी हुने समस्याले ब्यवसायनै धरापमा परेको बताएका छन्।

प्रकाशित: १३ असार २०७५ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App