७ वैशाख २०८१ शुक्रबार
समाज

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

तनहुँ - आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आवुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ३०७३ नम्वरको यात्रुवहाक बस विपरित दिशाबाट आएको बा १७ च १८१४ नम्वरको  भ्यान र मुग्लिनबाट डुमे तर्फ आउँदै गरेको  ग ५ प १९४४ नम्वरको मोटरसाईकल एक आपासमा ठक्कर खाएका थिए। घाईते मध्ये २ को अवस्था गम्भिर रहेको  छ ।

 गम्भिर घाईते हुनेहरुमा पर्वत कुस्मा नगरपालिका ९ की  तीन वर्षिय ममता लामिछाने र कुस्मा ९ का ३५ वर्षिय कमल लामिछाने रहेका छन्।

 त्यस्तै घाईतेहरुमा कुस्मा नगरपालिका ९ कि २० बर्षिय पार्वती लामिछाने, कुस्मा नगरपालिका १३ का २४ वर्षिय गुरुदत्त तिवारी, भरतपुर महानगरपालिका ६ का ३० बर्षिय सरु पाठक र अन्दाजी ३० वर्षिय एक युवकको परिचय नखुलेको प्रहरीले जनाएको छ।  घाईतेहरुको पोखरास्थित मणिपाल र गण्डकी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए। 

प्रकाशित: १२ असार २०७५ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App