coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरो हटाउन अझै समय लाग्ने

मुग्लिन नारायणगढ सडक खण्डको पहिरोले सडक बिहानैदेखि अबरुद्द छ। तस्बिर: सविता श्रेष्ठ

नारायणगढ– मुग्लिन– नारायणगढ सडक खण्डको तीन ठाउँमा खसेका पहिरो मध्ये दुई ठाउँका पहिरो हटाइएको छ । बाटो सुचारु गर्न अझै एउटा पहिरो हटाउन बाँकी छ ।

दुई ठाउँका सानो पहिरो हटाइएको भएपनि जलविरे तोपेखोलामा गएको पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए।

डाँडा नै खसेका कारण पहिरो हटाउन ढिलाई भएको गौतमले बताए । विहान करिव पाँच बजे गएको पहिरो हटाउन अझै दुई घन्टा लाग्ने उनले जानकारी दिए।

पहिरोका कारण बाटो बन्द भएर सयौं यात्रु सडकमै अलपत्र परेका छन् ।

मुग्लिन नारायणगढ सडक खण्डको पहिरोले सडक बिहानैदेखि अबरुद्द छ। तस्बिर: सविता श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App