८ वैशाख २०८१ शनिबार
समाज

नश्ल सुधारका लागि बोका वितरण

नौकुण्ड गाउँपालिकाको पशु सेवा शाखाले बोका वितरण गर्दै । तस्बिर : नागरिक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकामा बोका तथा बाख्राको उत्पादन बढाउनका लागि बोयर जातको बोका वितरण गरिएको छ। गाउँपालिकामा बाख्रापालक कृषक बढ्दै जाँदा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोका वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ।

गाउँपालिकामा खसी तथा बोकाको माग उच्च रहेकाले पहिलो चरणमा ६ वटा बोयर जातको बोका वितरण गरिएको शाखाका प्रमुख राकेश कुमार यादबले बताए। ‘नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्नका लागि बोका वितरण गरिएको हो, शाखा  प्रमुख यादवले भने, आगामी दिनमा पनि कृषकको माग अनुसार वितरण गर्ने छौँ।’

गाउँपालिकामा रहेको ६ वटा वडाका एक एक जना कृषकलाई निशुल्क बोका वितरण गरिएको उनले बताए। प्रति बोका ४४ हजार ५ सय परेको शाखाले जनाएको छ।  शाखाका अनुसार २ लाख ६५ हजार ५ सयमा ६ वटा बोका खरिद गरिएको हो। 

प्रकाशित: ११ असार २०७५ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App