coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

संखुवासभा– खुल्ला स्थानमा क्यारेम र लुडो खेल्न नदिने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताएका छन्। आइतबार खाँदबारीमा भएको नगरस्तरीय नगर बाल भेलामा बोल्दै खतिवडाले क्यारेम खेल्न प्रतिबन्ध लगाइने बताए। यो काममा सबैको सहयोग चाहिने र युवा वर्गले साथ दिएमा यो काम सफल हुने पनि बताए। 

खुल्ला स्थानमा वा बजारको बीचमा, पसल अगाडि पैसा बाजी राखेर क्यारेम खेल्दा युवाहरुको भविष्य अन्धकार हुने भएकोले अब खुल्ला स्थानमा क्यारेम खेल्न र लुँडो खेल्न नदिने बताए। मेयरले भने–‘क्यारेम र लुँडो खेल्दा सामान्य मात्र नभई जुवा र तासमा जस्तो डिपो वा बाजी राखी खेल्ने भएकोले बजारमा विकृति छाइरहेको छ। युवाहरु आफ्नो काममा भन्दा पनि क्यारेम र लुँडोमा व्यस्त रहन थालेका छन्। यहि क्रम चलिरहने हो भने युवाहरुको ध्यान समाजमा र विकासका काममा नजाने र नगरपालिकाको भविष्यमाथि अन्योल रहने छ।’ यसले गर्दा यो विकृतिलाई हटाई नगरपालिकाको विकासमा उन्मुख हुन मेयरले आग्रह गरे ।

बजारको, गाँउको, समाजको, नगरको र सिंगो देशको विकाशमा युवाको ठुलो भुमिका रहने भएकाले युवाहरु यस्ता क्यारेम, लुँडो, चेसजस्ता भुलिने खालका र समाजमा, बजारमा विकृति आउने खालका खेलहरु खुल्ला स्थानमा वा सार्वजनिक स्थानमा खेल्दा नगरको मात्र नभई देशको नै भविष्यमाथि अन्योल हुने उनको भनाई छ। युवाहरु भोलिका दिनमा देशको लागि अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गुर्नपर्ने भएकाले यस्ता खेलहरुमा प्रतिबन्ध लगाउन लागिएको खतिवडाले सुनाए।

प्रकाशित: १० असार २०७५ १६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App