७ वैशाख २०८१ शुक्रबार
समाज

सट्टेबाजीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौं-आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ पानीपोखरी बस्ने धनुषा जनकपुर नगरपालिका-३ का अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

काठमाडौं महानगरपालिका-७ सिफल बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका-२ का राकेश सिंह लगाएतका व्यक्तिहरुबाट अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै प्रलोभन देखाएर २ करोड ४० लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए। उनी फरार भएपछि पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका थिए।

प्रकाशित: १० असार २०७५ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App