८ वैशाख २०८१ शनिबार
समाज

कुवेत जान लागेका ५ महिला विमानस्थलबाट फर्काइए

काठमाडौँडाैं- वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ। 

कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए। “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो”, उनले भने। 

‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ। उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो। रासस

प्रकाशित: ९ असार २०७५ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App