२८ श्रावण २०७७ बुधबार
समाज

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

त्यस फिडरबाट विद्युत् आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तीसार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

यसैगरी, नक्साल नारायणचौर, प्रहरी हेडक्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा पनि विद्युत् आपूर्ति बन्द हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ।

पर्यटकीय क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने प्रभावप्रति प्राधिकरणले क्षमा मागेको छ। रासस
 

 

प्रकाशित: ८ असार २०७५ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App