१५ चैत्र २०८० बिहीबार
समाज

नानीहरुको योगाभ्यास (तस्बिर सहित)

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ । ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नारा तय गरिएको यो योग दिवसमा विभिन्न संघ संस्थाले विविध कार्यक्रम गरिरहेका छन् ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो।

पूर्वीय दर्शनको बर्चश्व रहेका नेपाल र भारतमा दर्जनौं संस्थाले आज योगाभ्यास सम्बन्धी विविध कार्यक्रम गरेका छन्। शिव योग साधना केन्द्रले आज बालबालिकालाई योगाभ्यास गराएको थियो।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App