१६ चैत्र २०८० शुक्रबार
समाज

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

सुर्खेत - कर्तव्य ज्यान मुद्धामा २६ वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बावियाचौरले साविकको छाप्रे–४ कि ३९ वर्षीया जैसरा भनिने लाल कामीलाई बुधबार पक्राउ गरेको हो। मामाको हत्या आरोपमा जिल्ला अदालत सुर्खेतले २०४९ मंसिर १६ गते कामीलाई २० वर्ष सजाय हुने फैसला गरेको थियो। इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले अदालतको फैसलापछि फरार विकलाई बुधबार विहान पक्राउ गरिएको बताए।

पछिल्लो समय प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनमा सक्रियता देखाएको छ। एक साताअघि मात्रै बाविायाचौर प्रहरी चौकीले एकै दिन १५ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो।

प्रकाशित: ६ असार २०७५ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App