८ वैशाख २०८१ शनिबार
समाज

ग्यारेन्टी उपचारको नाममा ठगी धन्दा, पक्राउ परेका बिना कारवाही छाडिए

लहान- लहान –८ स्थित शिबम मेडिसिन सेन्टरमा संचालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदिया थाना घुल्ला ग्रामपञ्चालयत घर भएका विद्युत रोई र उनका सहयोगी सोही ठाउँ रानाघाट ग्रामपञ्चायतका चन्दन विश्वासलाई लहान प्रहरीले पक्राउ गरेको भोलिपल्ट बिना कारबाही छाडेको छ।

बावासीर, भगन्दर, हाईड्रोसील, पिनासको बिना अप्रेसन ग्यारेन्टी ईलाज गर्ने भन्दै सर्वसाधारणलाई भ्रमित पारी मिहिनौ देखि गैरकानुनी रुपमा उपचार गर्दै आएको खबर सार्वजनिक भएपछि लहान प्रहरीले उपचारस्थल –(शिवम् मेडिसिन सेन्टर) रोई र विश्वासलाई पक्राउ गरेको थियो। ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले भने,‘अनुसन्धानको क्रममा यी दुबै निर्दोष देखिएकाले सोमबार दिउँसो छाडिएको हो।’ आफुलाई बिएएमएस बताउने रोईलाई सिरहा बन्दिपुरका बिरामी श्रवण यादवलाई उपचार गर्दैगर्दै प्रहरीले पक्राउ गरेको थियो। डिएसपी चन्दले पनि आफुलाई चिकित्सक बताउने रोई र उनका सहयोगीलाई उपचारस्थलबाटै पक्राउ गरी ल्याएको स्वीकार गरे। हाम्रो अनुसन्धानबाट रोई चिकित्सक नदेखिएकोले छाडिदियौं', चन्दले भने।

भगन्दरको (मलद्वारको घाउ) उपचार गराउन सिरहाको बन्दिपुरबाट आएका श्रवण यादवले लहान प्रहरी समक्ष रोईले उपचार गरेको बताएका थिए। उपचार वापत ४३ हजार बुझाएको र बाँकी १७ हजार निको भएपछि बुझाउने समेत यादवले लहान प्रहरी समक्ष वयाण दिएका थिए। ६० हजारमा रोग निको पारिदिने ग्यारेन्टी गरेपनि एक महिना भैसक्दा आफुलाई बीसको उन्नाईस नभएको समेत यादवले प्रहरी समक्ष गुनासो सुनाए। 'करिब एक महिनादेखि उपचारमा छु। हजुर तर मेरो पीडा बिसेक भएको छैनु', यादवले लहान प्रहरीका हबल्दार दुर्गा यादवसँग दुख पोखेका थिए।

एक दिन हिरासतमा राखेर भोलिपल्ट बिना कारबाही छाडिनुले प्रहरी र भारतीय चिकित्सक भनिएकाबीच लेनदेन  भएको आशंका गरिएको छ । महिनौदेखि प्रहरी कार्यालयको समुन्ने भैरहेको गैरकानुनी धन्दाको सुईको सम्म प्रहरीले नपाउनु हाँस्यास्पद हो एक औषधि पसल संचालकले भने।

प्रकाशित: ५ असार २०७५ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App