१६ चैत्र २०८० शुक्रबार
समाज

सुत्केरी बचाउँदै कर्णाली सरकार

मन्त्रालयका काम सुनाउँदै सामाजिक विकास मन्त्री दल रावल।

जुम्ला – पछिल्लो समय कर्णाली सरकारले दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले छटपटिएका महिलाको ज्यान बचाउन सफल हुँदै आएको छ।

चिकित्सकले सुत्केरी गराउन नसक्ने जानकारी दिने बित्तिकै हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पतालमा पुर्याउने गरिएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार जटिल प्रकारको सुत्केरी अवस्थालाई मध्यनजर गर्दै जोखिम मोलेर भएपनि हेलिकप्टरमा उद्धार गर्ने गरिएको छ। कर्णालीका केही जिल्लामा सुत्केरी गराउनकै लागि अस्पताल पुर्याउन २–३दिन हिड्नु पर्छ। 

सामाजिक विकासमन्त्री दल रावलले भने, अहिले सम्म १० जना सुत्केरी आमालाई कर्णाली सरकारले बचाइसकेको छ। कर्णालीको डोल्पाबाट एक, हुम्लाबाट ३, मुगुबाट २ जना सहित जुम्ला र अन्य जिल्ला गरेर १० जनाको ज्यान जोगाउन सफल भएको उनले बताए। उनले दुर्गम जिल्लाका बिरामीको अवस्थालाई मध्यनजर गर्दै हवाई एम्बुलेन्स चलाउनको लागि केन्द्र सरकार र दाताहरूसँग छलफल भइरहेको बताए। 

अहिले पनि दुर्गमका गर्भवती स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने अवस्था छैन्। सुत्केरी पाउने यातायात खर्चदेखि सबै सेवा सुविधालाई प्रभावकारी बनाउदै लगीने मन्त्री रावल बताउँछन। उनले भने, चिकित्सक माथि हातपात भए सिधै जेल जानेगरि नीति बन्दै छ। सुरक्षित रुपमा बिरामीले उपचार सेवा पाउने र चिकित्सकले उपचार गर्ने वातावरण निर्माणमा जुटेका छौ।

कर्णालीका महिलाले संविधानले ग्यारेण्टी गरेको प्रसुती सेवा पाउन सकेका छैनन, कतिपय स्थानीय सिटामोल पाउने अवस्थामा छैनन,उनले भने, “प्रादेशिक रुपमा स्वास्थ्य संरचना गतिलो छैन, अब भौगोलिक विकट्तालाई मध्यनजर गर्दै दक्ष जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्ने छौ।”

अहिले सुर्खेत क्षेत्रिय अस्पतालबाट नेपालगंज अञ्चल अस्पतालमा बिरामी रेफर गरेर उपचार गराउनु परेको स्मरण गर्दै मन्त्री रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता संस्थाको रुपमा अघि बढाउने प्रतिक्रिया दिए। कर्णाली प्रदेशका प्रत्येक जिल्लामा ५० शैयाको अस्पताल चलाउने र पारामेडिसियन स्तरका जनशक्ति जिल्लामै उत्पादन गर्न सक्ने योजना बनाउन लागिएको छ। 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App