१५ चैत्र २०८० बिहीबार
समाज

पेस्तोल सहित एक पक्राउ

बरामत गरिएका पेस्तोल।

संखुवासभा – संखुवासभाको मानेभञ्ज्याङबाट पेस्तोल सहित एक जना पक्राउ परेका छन्। गस्तिमा रहेका प्रहरीको टोलीले बुधबार राती मोटरसाईकलमा सवार सिलिचोङ गाउँपालिका ५ का केदार राईलाई पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

खाँदबारी तर्फ आउदै गरेको अवस्थामा राती बाह्र बजे प्रहरीले चेकजाँच गर्ने क्रममा एक थान अटोमेटिक पेस्तोल, दुई वटा म्यागजीन र १४ राउण्ड गोली फेला परेको थियो। को ३१ प ९५४४ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका राईलाई हातहतियार तथा खरखजना अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम कुमार सारु मगरले जानकारी दिए।

राई खाँदबारी ३ स्थित मंगलादेवीमा डेरा गरि बस्दै आएका थिए। राई स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा नयाँ शक्ति नेपालबाट वडा अध्यक्ष पदका उमेद्वार बनेका थिए। 

प्रकाशित: ३१ जेष्ठ २०७५ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App