१६ चैत्र २०८० शुक्रबार
समाज

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष कैद

ताप्लेजुङ- आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ। 

फैसलामा पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने उल्लेख छ। पीडकको जायजेथाबाट उक्त बराबर रकम भराउन सकिन भए भने पीडकबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला जिल्ला अदालतले गरेको श्रेस्तेदार गोपालप्रसाद थापाले जानकारी दिए।

 ताप्लेजुङको फुङलिङ नगरपालिका घर भइ अहिले फक्ताङ्लुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर पर्ने भन्दै अदालतले दुबैको नाम गोप्य राखेको छ। २०७१ सल साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी जिल्ला अदालतमा भने भदौ ३० गते पुगेको थियो । श्रेस्तेदार थापाका अनुसार प्रतिवादी फरार रहेकोले २०७१ साल फागुन २७ गते मुलतवी राखिएको मुद्दा मुलतवी बसेको २ बर्षपछि २०७४ साल माघ २६ गते जागेको थियो। जाहेरी परेको ४ बर्षपछि जिल्ला अदालतले पीडक बिरुद्ध २०७५ साल जेठ ३० गते कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो। जाहेरीमा पीडितले श्रीमान्ले कान्छी श्रीमती लिएर भागेको र केहि सयमपछि फर्केर आफुमाथि जवर्जस्ती करणी गरेको उल्लेख गरेकी थिईन्।

 

प्रकाशित: ३० जेष्ठ २०७५ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App