७ वैशाख २०८१ शुक्रबार
समाज

पचास हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौ-महानगरीय प्रहरी परिसर काठमाडौले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा विहिबार नष्ट गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताउनुभयो। “काठमाडौँका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौ,” उहाँले भन्नुभयो  “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ”

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पुर्याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।रासस

प्रकाशित: ३० जेष्ठ २०७५ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App