coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गको दहि खोलामा गएको पहिरो। तस्बिर : डिबी/नागरिक

कालिकोट – गएराति वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकोछ।  कालिकोटको दहि खोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो।

सडक अवरुद्ध हुँदा बिहानैबाट सुर्खेत, नेपालगञ्ज, कालिकोट, जुम्ला आवतजावत गर्ने यात्रु अलपत्र परेका छन्।  जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी सुवास चन्द्र वोहोराले डोजरले पहिरो हटाउन नसकिने र स्काभेटर आउन ढिला भएका कारण पहिरो पन्छाउने कार्यमा ढिलाई भएको बताए। उनले एक डेढ घण्टामै सडक खुलाउने प्रयास भइरहेको बताए।

सडक तत्काल खुलाएर सवारी आवागमनमा सहजता ल्याउनको लागि स्थानीयले माग गरेका छन्। प्रहरी प्रशासनको ढिलासुस्तीका कारण भोकभोकै बिचबाटोमा वस्नु परेको  यात्रुहरुको गुनासो छ।

जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का दिपेन्द्र उपाध्यायले सरकारी उदासिन्ताका कारण कर्णालीवासीले पटक–पटक यात्रामा असहजता व्यहोर्नु परेको गुनासो गरे। आगामी दिनमा पहिरो जाने बित्तिकै पन्छाउने खालको वातावरण तयार पार्न पनि उनले माग गरे।

प्रकाशित: ३० जेष्ठ २०७५ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App