१६ चैत्र २०८० शुक्रबार
समाज

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

रौतहट- रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका १२ बर्षिय वालक युवराज साहको अपहरण पछि भएको हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ।

गरुडा नगरपालिकाको एक घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले एक थान नलकटुवा बन्दुक र त्यसमा प्रयोग हुने गोली एक राउन्ड गोली प्रहरीले वरामद गरेको हो।

घटनाका मुख्य अभियुक्त शक्ति यादव डेरा गरी बसेको घरबाट उक्त हतियार प्रहरीले वरामद गरेको हो। आइतवार राति प्रहरीले त्यही डेराबाट शक्ति सहित रवी पटेल र विनोद पटेललाई पक्राउ गरेको थियो।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मंगलबारसम्म सो गाउँका वडा अध्यक्ष सहित ११ जनालाई पक्राउ गरी सकेको छ। पक्राउ पर्नेमा वडाध्यक्ष रामअज्ञा यादव, उनका भाइहरु रामबाबु यादव, सुधिर यादव, सुनिल यादव, छोरा शक्ति यादव, बृन्दावन नगरपालिका आकडपाकरटोलका रवी पटेल, विनोद पटेल, डुमरियाकै स्थानीय प्रविण यादव, सुनिल यादव, रामसेवक यादव, र भोला यादव छन्। उनीहरुलाई जिल्ला अदालत गौरमा मंगलवार अपहरण तथा शरिर बंधक र कर्तव्य ज्यान मुद्दामा ६ दिनको लागि म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी प्रमुख एसपि रवीन्द्र केसीले बताए।

पीडितका पिता दिलिप कुमार साहले आफनो छोरा युवराजलाई अपहरण गरी हत्या गरेको आरोपमा १६ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा मंगलवार किटानी जाहेरी दिएका छन्। घटनामा संलग्न भएकाहरु पक्राउ परिसकेको र अन्य फरार पाँच जनाको खोजिकार्य भइरहेको प्रहरी प्रमुद एसपि केसीले बताए।

प्रकाशित: २९ जेष्ठ २०७५ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App