coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

 डोल्पा – पिछडिएका महिलाहरूलाई सशक्तिकरणको माध्यमबाट राष्ट्रिय विकासको मुलप्रवाहमा समाहित गराउने उद्देश्यले हिमाली जिल्ला डोल्पामा खोलिएको महिला सशक्तिकरण केन्द्रमा महिलाको नाममा आएको बजेट नै अनियमितता भएको छ।

वातावरणीय कृषि तथा विकास केन्द्र (केड) नामक संस्थाको आर्थिक सहयोगमा महिला स्वास्थ्य प्रजनन तथा जातीय विभेद विरुद्द लगायतका जनचेतनामुलक कार्यक्रम गर्दे आएको महिला सशक्तिकरण केन्द्र डोल्पामा आर्थिक वर्ष ०७४÷०७५ को लागि उपलब्ध भएको ४ लाख ६९ हजार मध्येमा २ लाख ४८ हजार रुपैया कार्यक्रमको नियम विपरित गएर व्यक्तिगत खर्च गरिएको तथ्य फेला परेको छ।

महिला सशक्तिकरण केन्द्र दुनै डोल्पाकी अध्यक्ष उर्मिला बिकले केन्द्रकी कोषाध्यक्ष काली चलाउनेको नक्कली दस्तखत गरेर नेपाल बैङ्गक लिमिटेडमा रहेको महिला सशक्तिकरण केन्द्रको खाताबाट दुई लाख भन्दा बढी रकम झिकेरे व्यक्तिगत खर्च गरेको आरोप कोषाध्यक्ष काली चलाउनेले लगाउँदै हिडेपछि महिला सशक्तिकरण केन्द्रमा आर्थिक अनियमितता मौलाउँदै गएको तथ्य बाहिर आएको हो।

महिला सशक्तिकरण केन्द्रले ०७४ साउन १७ बाट लागु हुनेगरि काईके गाउँपालिकाको रिव शहरतारा ,ठुलीभेरी नगरपालिकाको जुफाल र त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट,सुउँ र ल्हाँ गाउँमा सामाजिक परिचालकको रूपमा वार्डहरूमा महिला बालबालिकाको तथ्यांक संकलन तथा महिला स्वास्थ्य प्रजनन सम्बन्धी जानकारी दिन तथा लिनको लागि नियुक्ति गरेका दश जना जोडी कार्यकर्ताहरूले समेत झण्डै चार महिनाको मासिक चार हजारका दरले पाउनु पर्ने रकम समेत अध्यक्ष उर्मिला बिकको कारण हालसम्म नपाएको जोडी कार्यकर्ताले बताउँदै आएका छन्।

महिला सशक्तिकरण केन्द्रकी कोषध्यक्ष समेत रहेकी काली चलाउनेले आफुलाई कुनै जानकारी नगराई आफ्नो नक्कली दस्तखत गरेर अध्यक्ष उर्मिला बिकले रकम झिकेर व्यक्तिगत खर्च गरेको कार्यालय संचालनको लागि खर्च भयो भनेर नक्कली पेश गराएर आर्थिक अनियमितता गरिहँदा समेत सहयोगी संस्था वातावरणीय कृषि तथा विकास केन्द्र केडका कर्मचारी रमिते बनेर बसिररहेको आरोप लगाइन्।

त्रिपुरासुन्दरी नगरपालिका वार्ड–१ का जोडी कार्यकर्तामध्येका बमहादुर सार्की र धनचन्द्रा सार्कीले आफुहरूले ०७४ भदौ,वैशाख,जेठ को पारिश्रमिक नपाएको बताए ।काम गरिएको छ केन्द्रले भनेको समयमा रिपोर्ट बुझाउने गरिएको छ काम गरेको रकम अहिले नपाएको भएपनि साउन सम्म त पाइएला उनले थपे ।

महिला सशक्तिकरण केन्द्रमा अध्यक्ष र कोषाध्यक्षको आरोप प्रत्यारोप भइरहेको र किर्ते दस्तखत गरेर रकम झिकिएको आफुले पनि सुनेकोले सामाजिक अभियान्ताको रुपमा कार्यरत संस्थामा यस्तो हुनु राम्रो नहुने समेत जोडी कार्यकर्ता बमबहादुर सार्कीको भनाई छ।

महिला सशक्तिकरण केन्द्र डोल्पालाई आर्थिक सहयोग गर्देै आएको वाातावरणीय कृषि तथा विकास केन्द्र (केड) डोल्पाका कार्यक्रम संयोजक उमाकान्त भुषालले बजार लगायत गाउँघरमा समेत आर्थिक अनियमितताको कुरो जोडतोडले उठिरहेको आफुले पनि सुनेकोले र एउटा शिर्षकमा खर्च गरिनुपर्ने रकम अर्के शिर्षकमा कार्यालय व्यवस्थापनको नाममा खर्चिएकाले पनि आर्थिक अनियमितता भएको छैन भनेर भन्न नमिल्ने बताए।

महिला सशक्तिकरण डोल्पाकी अध्यक्ष उर्मिला बिकले आफुले कोषाध्यक्षको दस्तखत नचोरेर उनले नै दस्तखत गरेर छोडेको चेक मार्फत् कार्यालय व्यवस्थापनको लागि रकम झिकेर खर्च गरेको बताइन् ।कार्यालय ब्यवस्थापनको लागि आवश्यक पर्ने ल्यापटप डेस्कटप कम्प्युटर दराज लगायतका सामानहरू खरिद गरेर ल्याइएको हो । आर्थिक अनियमितता गरिएको होइन केन्द्रको नयाँ कार्यसमितिमा आफु आउन नसकेपछि मेरो चरित्र हत्या गर्नको लागि कालि चलाउनेले भ्रामक आरोप लगाएको समेत उर्मिला बिकको भनाई छ।

महिला सशक्तिकरण केन्द्रमा अहिले आर्थिक अनियमितताको विवाद चुलिदै गएको छ ।आर्थिक वर्ष ०७४-०७५ को लागि पहिलो पटक जम्मा जम्मी पाँच लाखको कार्यक्रम सम्झौता गरेर आर्थिक अनियमिततामा मुछिएको बेला आगमी आर्थिक वर्ष ०७५-०७६ का लागि कर्णाली जनजीविकामा सशक्तिकरण कार्यक्रम अन्तर्गत वातावरणीय कृषि तथा विकास कार्यक्रम –केडं ले झण्डै ११ लाख बराबरको रकम उपलब्ध गराउने गरि महिला सशक्तिकरण केन्द्र डोल्पासँग सम्झौता गरेको केडका संयोजक भुषालले जानकारी दिए।

पहिलो वर्षमै आर्थिक अनियमितता गरेको खबरले जिल्लामा सनसनी मच्याइरहेको बेला दोश्रो वर्ष ठुलो रकम सम्झौता भएकाले चालु वर्षको बजेट छानविन गरेर मात्र नयाँ कार्यक्रम अगाडि बढाइने र आर्थिक अनियमितता नै भएको पाइएकोमा संस्थाले कार्यक्रमबाट हात झिक्न समेतपछि नपर्ने पनि केड डोल्पाका संयोजक उमाकान्त भुषालले बताए ।

 

प्रकाशित: २९ जेष्ठ २०७५ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App