६ वैशाख २०८१ बिहीबार
समाज

पत्रकार महासंघ प्रदेश ४ को भेला भदौमा

पोखरा- नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को पहिलो साधारणसभा भदौको ७ र ८ गते हुने भएको छ। प्रदेश नम्बर ४ अन्तर्गतका जिल्ला शाखाका अध्यक्ष र सचिवको भेलाले पोखरामा भेला गर्ने निर्णय गरेको हो। भेलाले साधारण सभाको लागि  महासंघका प्रदेश अध्यक्ष त्रिभूवन पौडेलको संयोजकत्वमा प्रदेश समिति सहित प्रदेश ४ का सबै जिल्लाका सभापति सदस्य रहनेगरी मुल अयोजक समिति गठन गरेको छ।

यस्तै महासंघ प्रदेश नम्बर ४ ले हरेक वर्ष १ जना पत्रकारलाई ५५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। पोखरा लेखनाथ ६ निवासी भरतबहादुर भट्टराई, चित्रबहादुर भट्टराई, चीनबहादुर भट्टराई, गोपी बहादुर भट्टराई र विमला भट्टराई अधिकारी परिवारको तर्फबाट स्वर्गिय माता र पिता रुद्धबहादुर/पूर्णकुमारी भट्टराई स्मृति पत्रकारीता पुरस्कारका लागि प्राप्त हुने अक्षय कोषबाट प्रदान गर्नेगरी उक्त पुस्कार प्रदान गरिने पौडेलले बताए।  यस्तै भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ।

 

प्रकाशित: २७ जेष्ठ २०७५ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App