coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा आमाछोराको शंकास्पद मृत्यु, प्रहरी पुग्दा परिवारका सदस्य फरार

रौतहट– रौतहटमा आमा छोराको शंकास्पद मृत्यु भएको छ। स्थानीय माधवनाराया नगरपालिका वडा नम्बर १ दिपहीका नागेन्द्र यादवको ३० बर्षीया श्रीमती मरिता यादव र उनका ४ बर्षीय छोरा रामन यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ।

मृतक महिलाका श्रीमान नागेन्द्र वैदेशिक रोजगारीको शिलशिलामा करिब दुई बर्षअघि मलेसिया गएपछि उनका छोरा र श्रीमतीलाई घरपरिवारले विभिन्न किसिमको यातना दिँदै आएका थिए। तीन दिनअघि देवर दिपेन्द्र यादव र देवरानीले मरितालाई विभिन्न किसिमको धाकधम्की दिएका थिए। श्रीमानले कमाएर विदेशबाट पठाएको रकम मरिताले खोजविन गरेपछि देवर र देवरानीले उनलाई विभिन्न किसिमको यातना दिँदै आएकोले उनीहरुको यातना सहन नसकेर मरिनाले आफनो नाबालक छोरालाई विष सेवन गराएर एकैपटक आत्महत्या गरेको मृतकका भाई जयप्रकाश यादवले बताए।

श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा गएपछि उनलाई दैनिक जीवनयापनको लागि आवश्यक पर्ने सामग्री खरिद गर्नको लागि घरमै रहेको भकारीबाट एक बोरा धान निकालेर विक्रीको लागि लैजादै गर्दा देवरानी र देवरले घरबाट धान किन चोरी गरेर लगेको भन्दै विभिन्न किसिमको यातना दिएका थिए। शुक्रबार बेलुकी देवर र देवरानीको यातना सहन नसकेर मरीताले खेतमा छर्किनको लागि राखिएको किटनाशक औषधि छोरा र आफैले सेवन गरी आत्महत्या गरेको बताइएको छ।

आमाछोरा मृत भेटिएको खबर पाएलगतै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेपछि देवर दिपेन्द्र र देवरानी फरार भएका छन्। टोलीले मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याएको र घटना शंकास्पद भएकोले गहन रुपमा अनुसन्धान गरिरहेको र फरार भएकाको खोजिकार्य भइरहेको डिएसपी राम कुमार दानीले जानकारी दिए। 

प्रकाशित: २६ जेष्ठ २०७५ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App