२७ असार २०७७ शनिबार
समाज

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

पाल्पा – अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धबाबा मन्दिर नजिकै ढुङ्गासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। जेसिभिको सहायताले सडक एकातर्फी खुल्ला गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहयाक निरिक्षक भुवनबहादुर थापाले बताएको छ। दुई तर्फी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ। 

यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ। वर्षा नलाग्दै परेको पानीले यसअघि पनि पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। यसैगरी तानसेन नगरपालिका–८, भालेबासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। उक्त पहिरो हटाई सकिएको छ। 

सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्खाखाँची, स्याङ्जा, पोखरा लगायतका स्थानमा जान लागेका यात्रु अलपत्र परेका थिए। 

प्रकाशित: २५ जेष्ठ २०७५ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App