coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

पाल्पा – पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

लु ३ त १९५३ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक जीवन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

दुर्घटनामा ट्याक्टरका सहचालक घाईते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ। दिउँसो माथागढी गाउँपालिका, झडेवातर्फ गईरहेको ट्याक्टर दिउँसो २ः३० मा दुर्घटना भएको हो।

मृतक कुमालको ठेगाना भने खुल्न सकेको छैन। ट्याक्टर सडकबाट १५ मिटर तल खसेको छ। 

 

प्रकाशित: २२ जेष्ठ २०७५ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App