८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानसेनापति क्षेत्री भोलि भारत जाने

काठमाडौं– भारतका  सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री भोलि बुधवार भारत जाने भएका छन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार छ दिने भारत भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले देहरादुनस्थित भारतीय सेनाको ‘इण्डियन मिलिटरी एकाडेमी’मा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको मुख्य अतिथिको रुपमा निरीक्षण गर्नेछन् ।

प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । क्षेत्री जेठ २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App