१५ चैत्र २०८० बिहीबार
समाज

गाई तस्करीको जालो भत्काउँदै रौतहट प्रहरी

प्रहरीले बरामद गरको तस्करीको गाई गौर भन्सार कार्यालयमा । तस्बिर : नागरिक

रौतहट– रौतहटको विभिन्न नाका भएर सीमावर्ती भारतीय बजारतर्फ अवैध रुपमा भइरहेको राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक रौतहट प्रहरीले सक्रियताका साथ तस्करीको जालो नै भत्काउन थालेको देखिएको छ। 

बर्षौदेखि रौतहटको विभिन्न खुल्ला नाकाहुँदै राष्ट्रिय जनावर गाइको तस्करी भइरहेको थियो। करिब तीन साताअघि मात्रै जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुखमा सरुवा भएर कमाण्ड सम्हालेका एसपी रबीन्द्र केसी आएदेखि नै सीमा वारिपारीबाट हुनेगरेका सम्पूर्ण अवैध कारोवारमाथि कडा निगरानी बढाएपछि अन्य तस्करी गतिविधि रोकिएपनि गाइको तस्करी रोकिएको थिएन। 

रौतहटको पश्चिमी भेगमा पर्ने बन्जरहा, औरैया, रामपुरखाप, मठिया, नरकटिया, बंकुल लगायतका खुल्ला नाकाहरुबाट अवैध रुपमा गाइ तस्करी भइरहेको स्थानीयले जन गुनासो गर्नथालेपछि सोमवार भारततर्फ तस्करी गरी लैजादै गरेका ३० वटा राष्ट्रिय जनावर गाई र एकजना तस्करलाई नियन्त्रणमा लिन सफल भएको छ। 

सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनको आयोजना गरी गरुडा बजार भएर भारततर्फ लैजादै गरेको अवस्थामा सोमवार विहान साढे चार बजेको समयमा सिमावर्ती बन्जरहा नाकाबाट गाईगोरुको कारोवारी स्थानीय ६८ बर्षिय शेख कासीमलाई ३० वटा गाई सहित नियन्त्रणमा लिएको जनाएको छ। 

विशेष सूचनाको आधारमा गरुडा बजारवाट सिमावर्ति बन्जरहा नका हुदै भारतीय वजारमा गाईको तस्करी भएर गइरहेको सूचनाको आधारमा प्रहरीले एक जना तस्कार र गाईलाई नियन्त्रणमा लिन सफल भएको र अन्य तस्करहरु फरार भएको जनाएको छ। गाईलाई नियन्त्रणमा लिने क्रममा गस्ती टोलीलाई देख्ने वित्तिकै तस्करहरु भाग्न सफल भएको बताउँदै एसपी केसीले बरामद गरिएको गाई र तस्करलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएकोे बताए।

तस्करहरुले चितवन, मकवानपुर र बाराको निजगढवाट खरिद गरि ल्याएका गाई तथा गोरु गरुडा बजारमा बिक्री गर्ने भन्दै स्थानीय प्रहरीलाई छारो हालेर सीमावर्ती भारतीय बजारसम्म सहजै रुपमा तस्करी गरेर पुर्याउने गिरोह नै सक्रिय रहेकोले गाई तस्करीको जालो नै भत्काउन लागेको केसीले बताए। खुल्ला नाका भएको कारण सतप्रतिशत चोरी तस्करी रोकिएको भन्न सकिन्न तर विगत भन्दा नियन्त्रण भएको उनले दावी गरे। 

नेपाली बजारबाट गाई भारतीय भुमितर्फ र भारतीय बजारवाट तस्करहरुले भैंसी तथा राँगा समेत विभिन्न खुल्ला नकाहरुबाट तस्करी गरेर नेपाली बजारमा ल्याउने गरेको छ। विभिन्न नाका भएर छिरेका भैंसी तथा राँगा गरुडा, सरुअठा, हजमिनिया, राजपुर फरहदवा लगायतका स्थानबाट राजधानी लगायत देशका बिभिन्न सहरहरुमा ममः तथा मासुको प्रयोजनकालागि नक्कली क्वारेनटाइन बनाएर तस्करी हुने गरेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ।

प्रकाशित: २१ जेष्ठ २०७५ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App