coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जापान पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ढकालले गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्ण प्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनी विश्वास दिलाई उक्त नगद लिई भिषा प्रोसेस लगायतका कागजातहरु मिलेन भनी आलटाल गर्नुको साथै सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुशी शाखाबाट रकम भुक्तानी लिनु भनी खातामा रकम नभएको ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए।

पीडितको जाहेरी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ढकाललाई आइतबार टेकुबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रकाशित: २१ जेष्ठ २०७५ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App