८ वैशाख २०८१ शनिबार
समाज

गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीका म्यानेजर  पक्राउ

टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवि पन्तलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : नागरिक

विराटनगर– विराटनगरको महेन्द्र चोकमा निर्माणाधिन सडकमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्त  पक्राउ परेका छन्। शनिबार मोरङ प्रहरीले टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजरसहित सुपरभाइजर विनय साहलाई  पक्राउ गरेको हो।   

विराटनगर महानगरपालिकाका प्रमुख  भीम पराजुलीको नेतृत्वमा गएको अनुगमन टोलिले रानी—धरान ६ लेन सडकको साइड नाला बनाउनेक्रममा बालुमात्रै प्रयोग गरी इटा जडान गरिरहेको भेटेपछि जिल्ला प्रशासन कार्यालय मोरङलाई जानकारी गराएको थियो। गुणस्तरहिन सामाग्री प्रयोग गरी सडक बनाउदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले  जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता निशान थापाले सडक निर्माणमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गर्ने दुई जनालाई पक्राउ गरिएको  बताए। 

विराटनगर महानगरपालिकाले टुण्डीरमण निर्माण सेवाका प्रमुख कृष्ण वोहोरा, प्रोजेक्ट म्यानेजर रवि पन्त, सुपरभाइजर सञ्जय रजक, विनय साह, सडक कार्यालयका साइट सुपरभाइजर देवराज वरालको लापरबाहीले सडक निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भएको जनाएको छ। महानगरले स्थानीय प्रशासनलाई पत्र पठाई निर्माणमा लापरबाही गर्नेहरूलाई कार्वाही गर्न आग्रह गरेको छ।

महानगरकै आग्रह अनुसार ३ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ। पटक पटक व्यापारिक मार्ग विस्तार आयोजना महेन्द्र चोकदेखि बरगाछीको भागमा गुणस्तरहिन काम र निर्माणमा ढिलाई भएका कारण पक्राउका लागि सिफारिस गर्नु परेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए। उनले कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोहीलाई नछाड्ने स्पष्ट पारे।  

प्रकाशित: १९ जेष्ठ २०७५ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App