५ वैशाख २०८१ बुधबार
समाज

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

पाल्पा – कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले जानकारी दिए।

नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। रामपुर नगरपालिका वडा नं ४ देवीस्थान बस्ने नेपाली गत जेठ १५ गते दिउँसो साथीहरुसँग कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए।

प्रकाशित: १९ जेष्ठ २०७५ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App