२८ असार २०७७ आइतबार
समाज

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

चितवन – चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। दुर्घटना राति करीब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ।

यसअघि यही जेठ ११ गते पनि काठमाडौँबाट राजबिराज जाँदै गरेको ना५ख ४४०१ नंको बस सोही डिभाइडरमा ठोक्किएर पल्टिँदा बसमा सवार छजना यात्रु घाइते भएका थिए। रासस

प्रकाशित: १८ जेष्ठ २०७५ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App