१५ चैत्र २०८० बिहीबार
समाज

यी हुन डडेल्धुराका काम नगर्ने ठेकेदार कम्पनी

सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नहुँदा अधुरै रहेको अमरगढी किल्लाको काम । तस्बिर : नागरिक

डडेल्धुरा– ठेक्का सम्झौता अनुसार तोकिएको समय सीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीको नाम गृह मन्त्रालयले संकलन गरेको छ। डडेल्धुराका विभिन्न भौतिक पूर्वाधार निर्माणको ठेक्का पाई सम्झौता अनुसार काम नसकेका एवं नवीकरणका लागि सिफारिस गर्दै आएका ठेकेदार र कम्पनीको नाम संकलन गरि गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए।

गृहमन्त्री रामबहादुर थापाले सम्झौता अनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम डडेल्धुराबाट ठेकेदार र उनीहरु आबद्ध कम्पनीको नाम प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा पठाइएको हो। 

डडेल्धुरामा ठेक्का सदर भई सम्झौता अनुसार काम सम्पन्न नगरेको एउटा पुल, एउटा बहुबर्षे बसपार्क निर्माण, एउटा अमरगढी किल्ला संरक्षणका लागि काम गरिरहेको अन्य भवनका निर्माण गरी ७ वटा ठेकेदार र कम्पनीको नाम गृह मन्त्रालमा आवश्यक कारवाहीका लागि पठाई सकेको सहायक प्रमुख जिल्ला अधिकारी अवस्थीले बताए। 

प्रशासन कार्यालय अनुसार डडेल्धुरामा रडुवा–बडम पुल निर्माणको जिम्मा लिएको बझाङ्गको जागृति निर्माण सेवा, अमरगढी नगरपालिकाको आवधिक योजना कार्यान्वयन गर्ने अमरगढी चार स्थित डकलेमा बहुबर्षीय खरिद योजना स्वीकृत नभएको भट्टराई निर्माण सेवा, अमरगढी किल्ला संरक्षण लागि काम गरिरहेको न्यू लक्ष्मी कन्ट्रक्सन, आलिताल स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर निमार्णको जिम्मा पाएको पार्वती निर्माण सेवा, देवलदिव्यपुरमा दुई परिवार अनमी आवास र वर्थिङ सेन्टर भवन निर्माणको जिम्मा पाएको पि एस थेगिम जे भि डोटी, कैलपालमाण्डौंमा स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएको पि एस कन्ट्रक्सन डोटी र भागेश्वर स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर भवन निर्माणको जिम्मा पाएको शाही निर्माण सेवाको नाम गृह मन्त्रालय पठाईएको छ। 

प्रकाशित: १७ जेष्ठ २०७५ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App