१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कलैया बजारका व्यापारी आन्दोलनमा

प्रहरीले पसलमा छामामारी गरेको भन्दै कलैयाको व्यपारीहरूले बन्द गरेका पसलहरू।

बारा – प्रहरीले अनावश्यक दुख दिएको भन्दै कलैयाका व्यापारीहरूले बिहीबार पसल बन्द गरी आन्दोलनमा उत्रेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार बेलुका कलैयाको मनिता एग्रो इन्टरप्राइजेजमा भन्सार छली गरेको बिषादी र विउहरू बेचेको भन्दै छापा मारेपछि त्यसको बिरोधमा व्यापारीहरू आन्दोलनमा उत्रेका हुन्।

जिल्लाको सदरमुकाम समेत रहेको कलैयाका व्यापारीहरूले किनारा पसल, बिषादी तथा विउ विजन पसल, कपडा तथा रेडीमेट पसलहरू बन्द गरी प्रहरीले गरेको कार्यको बिरोध आन्दोलनमा उत्रेका छन्।

बिषादी तथा विउ विजन व्यवसाय संघ बाराका अध्यक्ष रामशिष साहले प्रहरीले बिना कारण बिषादी तथा विउ विजन व्यावसायीहरूको पसलमा दुख दिने नियतले छापा मारेको आरोप लगाएका छन्।

अहिले बिषादी तथा विउ बितरण गर्ने सिजन रहेको बेलामा प्रहरीको अनावश्यक छापामारीले व्यवसायनै गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

व्यापारीले कुनै माल बस्तुहरूलाई भन्सार छली गरेर आयात गरेको वा पसलबाट बिक्रि गरेको बस्तुबाट मूल्य वृद्धी कर छली गरेको पाइएमा त्यस्ता व्यापारीलाई कारबाही गर्न  प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको उनले बताए।

बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले पसलहरूमा प्रहरीले छामा नमारेको बताइन्। व्यापारीहरूले नियम बिपरीत कार्य गरेको थाहा पाएपछि त्यसको जानकारी लिने काम मात्रै भएको बताइन।

प्रकाशित: १७ जेष्ठ २०७५ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App