coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार

काठमाडौं– पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको माफीको निर्णयप्रति सर्वोच्चले लाचार व्यक्त गरेको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधमा कैद मिनाहा दिन नहुने भन्दै सर्वोच्च अदालतमै परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

न्यायाधीशद्वय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशले ओखलढुंगाका उज्जन श्रेष्ठ हत्यामा संलग्न भएको भन्दै जेल सजाय भोगीरहेका तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलको बाँकी जेल सजाय मिनाहा गर्ने सरकारी निर्णयमा सर्वोच्च अदालतले मंगलवार अन्तरिम आदेश ठहर गर्न नपर्ने आदेश जारी गरेको छ । सरकारको निर्णयलाई अदालतले सहजै स्वीकार गरेको छ ।

ढुंगेललाई २०६१ सालमा उज्जन श्रेष्ठको हत्यामा संलग्न ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले सर्वश्वसहित जन्मकैद सजाय सुनाएको थियो । पुनरावेदन अदालतको निर्णयबाट छुटेका उनी २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो । अदालतको आदेश कार्यान्वयन नभएपछि चर्को आलोचनाकाबीच मुद्दा परेपछि सर्वोच्चको वाध्यात्मक आदेशपछि गत कार्तिक १४ मा ढुंगेल पुनः पक्राउ परेका थिए ।

असल आचरण भएकाको कैद मिनाहा गर्न सकिने प्रावधान टेकेर सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले स्वीकार गरेपछि ढुंगेल गणतन्त्र दिवसको अवसरमा आजै जेठ १५ गते जेल मुक्त भएपछि सर्वोच्च अदालतको आदेश सार्वजनिक भएको हो ।

प्रकाशित: १५ जेष्ठ २०७५ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App