१६ चैत्र २०८० शुक्रबार
समाज

सुन तस्करी प्रकरण : गोरे पुर्पक्षका लागि थुनामा

बिराटनगर - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

उनलाई जेठ ८ गते पक्राउ पछि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यसपछि विमानमार्फत विराटनगर लगेर मोरङ जिल्ला अदालतमा पेश गरिएका गोरेसँग बन्द इजालसमा बयान दिइएको थियो। उनीसँगको बयान आज मात्र सकिएको थियो। बयान सकिएसँगै सुरु भएको थुनछेकको बहसपछि संगठित अपराध निवारण ऐन २०७० मुलुकी ऐन आव ११८ को देहाय २ बमोजिम थुनामा राख्न आदेश दिएको निमित्त श्रेस्तेदार केदार प्रसाद गौतमले जनाकारी दिए।

मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाका विरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App