१६ चैत्र २०८० शुक्रबार
समाज

बिरामी संख्या झण्डै ६ सय पुग्यो

दाङ – दुषित पानीका कारण पश्चिम दाङको शान्तिनगरमा फैलिएको झाडा पखालाले ठूलो रुप लिइरहेको छ। अहिलेसम्म बिरामीको संख्या झण्डै ६ सय पुगेको छ। शान्तिनगर गाउँपालिका स्वास्थ्य चौकीका प्रमुख हरि पुनका अनुसार अहिले सम्म त्यहाँ बिरामीको संख्या ५ सय ७९ पुगेको छ।

 आइतबार बिहान मात्रै १ सय ६० जना नयाँ बिरामी थपिएको छन्। शनिवार रातीसम्म ४ सय १९ जना बिरामी थिए । बिरामी थपिने क्रम पनि जारी नै छ । ‘बिरामीहरू थपिने क्रम जारी नै छ,’ उनले भने ‘आईतवार बिहान मात्रै थप एक सय ६० बिरामी उपचारका लागि ल्याइएको छ।’ बिरामीहरूलाई स्वास्थ्य केन्द्रमा पुर्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । पुनका अनुसार केही पुराना बिरामीहरू समेत निको नभएर पुग्ने गरेका छन्। ‘हिजो आएका बिरामीहरू निको नभएर फेरि उपचारका लागि आउने गरेका पनि छन्,’उनले भने ‘यसो हुनु भनेको डरलाग्दो अवस्था हो।’ 

बिरामीको चाप बढेपछि स्वास्थ्य केन्द्र बाहिरै चउरमा राखेर बिरामीको उपचार गरिएको छ। बिरामीहरू बढ्ने क्रम जारी रहेपनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन। एकजना गम्भीर बिरामीलाई भने उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । ति बिरामीको आइसियुमा राखेर उपचार भैरहेको पनि पुनले बताए। 
 

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App