८ वैशाख २०८१ शनिबार
समाज

धनगढीमा गोली हानी लुटियो साढे नौ लाख

धनगढी – धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको हो । 

ग्लोबल आइएमीका कर्मचारी समेत रहेका कार्कीले सिद्धार्थ बैंकबाट ग्लोबल आइएमीका लागि पैसा लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जना नकावधारीले  उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको साथमा  रहेको उक्त रकम नकावधारीहरूले खोसेर लगेको उनले बताए । 

उनको दाँया पाखुरा र छातीमा गोली लागेको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App